नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेल्दैछ, भारत ‘पर्ख र हेर’ रणनीतिमाः श्याम शरण

१५ पौष, काठमाडौँ । नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् ।

भारतीय अखबार द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् । उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् ।

नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन् ।

Advertisement

नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनले बताएका छन् । ‘हामीले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई पर्ख र हेरको रणनीति अपनाएर मात्रै अघि बढ्नुपर्छ,’ उनले भनेका छन् ।

त्यस्तै पूर्वराजदूत शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा पुनःस्थापना गर्न र राजीनामा दिन चिनियाँ पक्षबाट मनाउने प्रयास गरिएको पनि दाबी गरेका छन् ।

‘ओलीलाई नेतृत्व परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनका लागि मनाउने प्रयास गरिएको बुझिएको छ । उनलाई राजीनामा दिन लगाउँदै, विवादास्पद छवि नभएका राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास गरिएको छ । तर ओली भने त्यसलाई प्रतिवाद गर्नेपक्षमा देखिएका छन् ।’

प्रधानमन्त्री केपी शमर्का ओलीको कदमले नेकपाको भविष्य जतासुकै लगे पनि नेपालको प्रजातन्त्र र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धिमा भन्ने धक्का पुग्ने शरणले उल्लेख गरेका छन् ।

त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन् ।

‘पछिल्लो संकटमा अमेरिकी भूमिका रहेको आशंका गरिएको छ । ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताको प्रचण्ड र नेकपाका अन्य नेताहरुले विरोध गरेका थिए तर ओलीले भने यो प्रस्ताव पास गर्न स्वीकृति दिएका छन् ।

एमसीसीको विरोध गर्नेहरु चीनको इसारामा चलेको बताइएको छ,’ शरणले लेखेका छन् । साथै नेपालमा अमेरिका र चीनबीचको ‘पावरप्ले’ का कारण भारत ‘साइड सो’ बन्ने खतरामा रहेको पनि शरणले दाबी गरेका छन् ।

‘अमेरिकाले नेपाललाई प्रयोग गरेर तिब्बतमा भइरहेका मानवअधिकार हननलगायतका मुद्दा उठाएर चीनलाई कमजोर बनाउन खोजेको पनि बताइएको छ,’ शरणले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top