भारतमा थप ८ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

१५ पौष, नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ ।

योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतबाट आएका ३३ हजार यात्रुलाई निगरानीमा राखेको बताइएको छ । त्यसैगरी ती यात्रुहरुमध्ये ९ देखि २२ डिसेम्बरभित्र कोरोना लक्षण देखिएका वा पुष्टि भएकाहरुको जिनोम सिक्वेन्सिङ पनि गरिने जनाइएको छ ।

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु फेला परेको र त्यो जीवाणु बेलायतभर फैलिसकेको खुलेपछि भारतले बेलायतसँग हवाई उडानमाथि ३१ डिसेम्बरसम्मका लागि मात्र रोक लगाएको थियो ।

मंगलबार मात्र भारतमा २० हजार ५५० जना नयाँ संक्रमित थपिएका छन् । या सँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २४ लाख नाघेको छ । त्यसमध्ये एक लाख ४८ हजार ४३९ जनाको ज्यान गइसकेको छ भने ९८ लाख ३४ हजार १४१ जना निको भइसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top