गुणस्तरहीन सामान बिक्री गर्ने नौ व्यवसायी माथि मुद्दा दायर

१५ जेठ ७५, बुधबार

कैलाली, जेठ १६
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

आज कैलालीमा दशौँ राष्ट्रिय स्वच्छता दिवसकको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान बिक्री वितरण गरिएको पाइएकाले कैलाली, कञ्चनपुर र बझाङका नौ व्यवसायीमाथि मुद्दा दायर गरेको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए ।

कञ्चनपुरका आयुष दाना उद्योग, जसलिङ स्टोर र ममता किराना पसल, कैलालीका मालिका टेडर्स एण्ड सप्लायर्स, तुलसी मार्केटिङ गोदावरी, सुदीप एण्ड प्रियान्स किराना पसल, शैलेश्वर किराना पसल र चन्द्र होटेल तथा बझाङको रुद्रा किराना पसलका व्यवसायीमाथि मुद्दा दायर गरिएको हो ।

Advertisement

कार्यालयले हालसम्म खाद्य उद्योग, होटल रेष्टुराँ, किराना पसल तथा अन्य खाद्य व्यवसायको अनुगमन गरी २१३ खाद्य नमूना संकलन गरेको थियो । नौवटा नमूनाका सम्बन्धित व्यापारिक फार्मविरुद्ध मुद्दा दर्ता गरिएको धितालले बताए ।

खाद्य ऐन, २०२३ लाई २०७४ मा गरिएको संशोधनअनुसार अखाद्य वस्तु बिक्री गर्ने तथा नराम्रोलाई राम्रो छ भनेर ठगी गर्नेलाई रु ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top