NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो– “नेपालको साथमै छौं” आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने

बुधबार जेष्ठ १६ , २०७५
Reading Time: 1 min read
A A
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

पोखरा, जेठ १६

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ ।

LS Auto

उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका अन्य भागबाट आएका धावकलाई मंगलबार नै पोखरामा एक कार्यक्रमका बीच अन्नपूर्ण आधार शिविरतर्फ बिदाइ गरिएको थियो ।

“प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन हुन लागेको हो”, उनले भने, “जेठ २० गते विहान ६ः३० बजे चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु भएर एक हजार ६९० मिटर उचाइमा रहेको घान्द्रुकमा आएर म्याराथन समापन हुनेछ ।”

धावकहरूले ४२.१९५ किमी दूरी पूरा गर्ने महोत्सव प्रचारप्रसार समितिका संयोजक टंकराज अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरतर्फ लागेका धावकहरू मंगलबार घान्द्रुक पुगी आज बुधबार छोम्रोङ, बिहीबार हिमालय हुँदै १८ गते शुक्रबार अन्नपूर्ण आधार शिविर पुग्ने र २० गते आइतबार उनीहरू म्याराथनमा सहभागी हुनेछन् ।

म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, वाम्वो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।

अन्नपूर्ण म्याराथनका प्रमुख निर्णायक एवं राष्ट्रिय खेलकूद परिषद्का एथ्लेटिक्स विभागका प्रमुख प्रशिक्षक कृष्ण बस्नेतका अनुसार प्रतियोगितामा नेपालका चर्चित धावकहरू नेपाली सेनाका हरि रिमाल, होमलाल श्रेष्ठ, पूर्ण तामाङ, शेखराज चौलागार्इं, नेपाल प्रहरीका भूमिराज राई र भारतीय सेनाका धनबहादुर घर्ती मगरले समेत भाग लिँदैछन् ।

“म्याराथनका लागि नौजना निर्णायकहरू परिचालन गरिनेछ”, उनले भने, “म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वास्थ्यकर्मी, आवश्यक उपकरण एवं अन्य व्यवस्थापन पूरा भएको छ ।”

जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको यही सन्दर्भ पारी म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रचार संयोजक अधिकारीका अनुसार म्याराथनमा प्रथम हुने धावकले रु एक लाख, दोस्रोले रु ७० हजार, तेस्रोले ५० हजार नगद पुरस्कार पाउने र उत्कृष्ट १० जनाभित्र पर्ने धावकले सान्त्वना पुरस्कार पाउने छन् ।

महोत्सवको तेस्रो चरणअन्तर्गत जेठ १७ देखि २० गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका प्रमुख सल्लाहकार यमनाथ सापकोटाले जानकारी दिए ।

गत असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण गत पुस १० देखि १५ गतेसम्म विविध खेलकूद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवकै अवसरमा अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगको शालिक निर्माण गरिने भएको आयोजकले जनाएको छ ।
रासस

लोकप्रीय

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
Breaking news

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.