सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहोराले दिए राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहोराले दिए राजीनामा

२२ पौष, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.