×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

घूस लिने प्रहरीको विवरण माेरङ प्रहरीले सूचना पाटीमा राख्ने

१७ जेष्ठ २०७५

विराटनगर,जेठ १७
जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारण सेवाग्राहीसँग घूस लिने प्रहरीको फोटो सहितको विवरण प्रहरी कार्यालयको सुचना पाटीमा राख्ने भएको छ ।

मोरङ प्रहरीले घुस लिनेलाई विभागीय कार्बाहीमात्रै गर्ने परम्परा तोड्दै यस्तो अभियान सञ्चालन गरेको हो ।

Advertisement
Advertisement

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले प्रहरीले पैसाकै लोभमा परेर कतिपय अवैध कामलाई पनि सहयोग गर्ने गरेको र अपराधिक घटनामा समेत मिलेमतो गर्ने गरेको पाइएपछि थप कडाई थालिएको जानकारी दिए।उनले भने ‘कोही कसैसँग जुनसुकै प्रहरी कर्मचारीले घूस लिए पनि कारबाही हुन्छ,।’

कारबाहीका साथै पैसा लिने प्रहरीको फोटोसहितको सबै विवरण सूचना पाटीमा राखेर सार्वजनिक गरिने जानकारी समेत केसीले दिए ।

प्रहरीले शून्य सहनशीलतामा काम गर्ने र राज्यले दिएको तलबलगायतका सुविधा बाहेकमा लोभ गर्न नहुने उनले बताए ।

केसीले राजमार्गमा हुने अवैध गतिविधि, सीमा अपराध, गुण्डागर्दी, तस्करी र प्राकृतिक स्रोतमाथिको दोहन नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको जानकारी दिए।

Advertisement
Advertisement

विराटनगर महानगरपालिका प्रदेश १ को अस्थायी राजधानी भएका कारण पनि महानगरको शान्ति सुरक्षाका सवालमा प्रहरी गम्भीर रहेको केसीको भनाइ छ। त्यसका लागि विकृति र विसंगती रहित सुरक्षित महानगरको परिकल्पनासहितको सुरक्षा रणनीति तयार पारिएको जानकारी उनले दिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top