×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

के अमेरिकी राष्ट्रपति हिंसाको पक्षमा छन् ? (भिडियो)

२३ पुष २०७७

२३ पुष, विराटनगर । गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न बुधबार अमेरिकाको वासिङ्टनस्थित दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठक बसिरहेको थियो ।

वैठकको एजेण्डा थियो, अमेरिकाको ४६ औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने । चुनावमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्पले भन्दा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले बढि मत ल्याएका थिए । इलेक्टोरल कलेजमा बहुमत ल्याएमात्र राष्ट्रपति बन्ने व्यवस्था अनुसार जो बाइडेनले बहुमत इलेक्टोरल मत ल्याएको बारे औपचारिक प्रमाणिकरण हुँदै गर्दा अचानक संसद भवनमा हिंसा मच्चियो । वैठक चलिरहेको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले संसद भवन क्यापिटलमा प्रवेश गरी हंगामा मच्चाए । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत छन् । ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए । इँटा, बोतल र बन्दुक लिएर गएका उनीहरूले तोडफोड गरे र हिंसा मच्चाए । संसद भवनभित्र पसेका उनीहरूले पेन्स र सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसेर ट्रम्पले चुनाव जितेको घोषणा समेत गर्न भ्याए । यो अमेरिकी राष्ट्रपतीय चुनावी इतिहासमा नै लज्जित हुने विषयका रुपमा दर्ज भएको छ । हिंसामा परी चार जनाको मृत्यु भएको छ । अहिलेसम्म सुरक्षाकर्मीले ३ दर्जन बढिलाई पक्राउ गरेका छन् । वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । त्यसको एक दिन पछिसम्म संकटकाल लगाइएको हो । प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि मात्र राष्ट्रपति ट्रम्पले भिडियो जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई उक्साएको आरोप लागेको छ । फेसबुकले पनि आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइदिएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडियो सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए ।

Advertisement

जो बाइडेनले प्रदर्शनकारीहरुको क्रियाकलापलाई राजनीतिक नभइ हिंसात्मक भनि टिप्पणी गरेका छन् । हुनपनि अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भएको छ । सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले धाँधलीको आधार भने प्रस्तुत गर्न सकेका छैनन । यहाँ सम्मकी अदालतसमेत उनको विपक्षमा रहेको छ । निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्न नसकेर संसद माथि नै आक्रमण गर्न नैतिक समर्थन जनाएका ट्रम्पको चर्को विरोध भइरहेको छ । जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथ लिनुअघि नै महअभियोग लगाउने, मन्त्रीपरिषदले राष्ट्रपतिलाई पदमुक्त गर्ने जस्ता विकल्पहरुको बारेमा पनि चर्चा चलिरहेको छ । लामो समय प्रजातान्त्रिक संसदीय अभ्यास गरेको अमेरिकामा पनि निर्वाचनको परिणामलाई सहजै स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ । यो जनमत स्वीकारको प्रबृत्ति नेपालको पछिल्लो राजनीतिक घटनाक्रम समेत केही मेल खाएको छ । यहाँका बहुमत सांसदले प्रधानमन्त्री चुनेका केपी शर्मा ओलीले अल्पमत सिद्ध नहुदै अचानक प्रतिनिधिसभा भंग गरेपछि जनमतको कदर नगरेको भनेर आलोचना भइरहेको छ ।

 

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top