×

NEPAL TIMES UPDATES

Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026

विश्वकै धनी बन्न एलन मस्कले के के गरे ? (भिडियो)

२४ पुष । कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन ।

ब्लुमबर्ग पत्रिकाका अनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्याएसँगै मस्क अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन । बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात १ सय ८७ छ । कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन । बिल गेट्स, १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा छन । मस्कले सन् २०२० मा मात्र १४० अर्ब सम्पत्ति जोडेका थिए । फोब्र्स पत्रिकाका अनुसार, उसले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो । मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो । यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो ।

Advertisement
Advertisement

२८ जुन १९७१ मा दक्षिण अफ्रिकामा जन्मिएका मस्क क्यानडेली–अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् । १० वर्षको हुँदा उनले पहिलो कम्युटर किने र प्रोग्रामिङ कोडका विषयमा आँफै सिके । १२ वर्षको उमेरमा, ब्ल्यास्टार नामक भिडियो गेम निर्माण गरे र ५ सय डलरमा बेचे । १९८८ मा प्रिटोरिया ब्वाइज हाई स्कूलबाट स्नातक गरेपछि मस्क ५ महिना प्रेटोरिया विश्वविद्यालयमा पढे त्यसपछि उनी क्यानाडा बसाइँ सरी १९८९ मा ओन्टारियोको क्वीन्स युनिभर्सिटीमा पढे । क्वीन्स युनिभर्सिटीमा दुई बर्ष पछि मस्क अमेरिका गएर बाँकी पढाई गरे । मस्कले भौतिक विज्ञानमा स्नातकको साथसाथै वार्टन स्कूलबाट अर्थशास्त्रमा कला स्नातक पनि गरेका छन् । क्यालिफोर्नीयाको स्ट्यानफोर्ड युनिभर्सिटीमा २४ वर्षको उमेरमा भौतिक विज्ञानमा पीएचडी गर्न पुगे तर आफ्नो उद्यमी दृष्टिका कारण उनले २ दिनमै छाडे । मस्कले १९९५ मा पहिलो पटक कान्छो भाई किम्बलको साथमा जिप २ नामको वेब सफ्टवेयर कम्पनी शुरू गरेका थिए ।

Advertisement

संसारको धनी व्यक्ति बनेका मस्कले पैसा कमाउनु र सफलताप्रतिका फरक दृष्टिकोणहरु राख्ने गरेका छन् । उनले व्यापार गरेपनि व्यापारलाई सँधै पैसासँग मात्र सम्बन्धित नरहेको बताउँछन् । उनले धनले मात्र आफूलाई नतान्ने विचार राख्छन् । ५० वर्ष लागेका मस्कले आफ्नो मृत्यु धनी व्यक्तिकै रुपमा नहुने ठानेका छन् । उनी आफ्नो अधिकांश पैसा मङ्गल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् । उनी बिल गेट्सले राम्रो कामका लागि रकम खर्च नगरेर असफल भएको रूपमा हेर्छन । उनी ठूला सपना देख्न रुचाउने मानिस मध्येमा पर्छन । उनी कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन्, मङ्गल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन्, भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन । मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन । उनले सन् २००२ मा उनका सुरुका दुई वटा उद्यमहरू बिक्री गरेका थिए । एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्काे अनलाइन भुक्तानी सेवा पेपाल थियो । पछि उनका नयाँ कम्पनीहरूले हर तरहका समस्याहरू भोगिरहेका थिए । स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो । त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन । उनले पैसा लगानी गर्दै गए । ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुपर्याे । मस्कको व्यापारमा सफलताको अर्काे सूत्र हो– आलोचकको कुरा नसुन्नु । उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन । त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ । मस्क एकदमै धेरै काम गर्ने भनेर चर्चित छन । टेस्ला मोडेल–३ का लागि उनले लगातार सातामा १२० घण्टा काम गरेको दाबी गरिन्छ ।

भर्खरको समाचार

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

सम्बन्धित खबरहरु

Scroll to Top