ओलीले घरबाटै चलाउछन् देश ! (भिडियो)

ओलीले घरबाटै चलाउछन् देश ! (भिडियो)

२४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो पटक २०७६ चैत २ गते सिंहदरबारस्थित उनको कार्यालय अर्थात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यसपछि उनी आजको दिनसम्म कार्यालय गएको रेकर्ड छैन ।

हुनत भर्खरै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएकाले पनि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट एकदमै कम मात्र बाहिर निस्किए । लगत्तै देशभर लकडाउन पनि भयो । तर मिर्गाैला प्रत्यारोपण गरिएको लामो समय भइसक्दा, कोरोना महामारीकै बीचमा सयौँ मानिससँग बालुवाटारमा भेट गरेपनि उनी कार्यालय पुगेनन् । स्वास्थ्य सुरक्षाको चुनौती भन्दै कार्यालय नपुगेका उनि त्यो चुनौतीलाई पन्छाउदै कात्तिक २६ गते संखुवासभा र मंसिर ८ गते इलाम भने गए । तर त्यसपछि पनि उनी कार्यालय भने गएनन् । महिनौ कार्यालय नगएका प्रधानमन्त्री पुष ५ को पूर्व साझ भने नेकपाका अध्यक्ष प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा लगायत अन्य मन्त्रीहरुलाई उनीहरुकै निवासमा भेट्न पुगे । त्याहा पनि उनका लागि स्वास्थ्य सुरक्षाको ठूलो चुनौती देखिएन । पुष ५ गते आँफैले प्रतिनिधिसभा विघटन गरेपछि भने उनी यसरी सक्रिय भए कि दिनहुँजसो सभा, कार्यकर्ता भेला लगायतका कार्यक्रममा पुगी घण्टाँै भाषण गर्न थालेका छन । देश,जनता,उनका कार्यकर्ताको लागि त देशको प्रधानमन्त्री,पार्टीका अध्यक्ष यसरी सक्रिय भएको त सुखद पक्ष हो । तर अहिले आफ्ना कार्यकर्तालाई भेला गर्दै भाषण गर्न स्वास्थ्य चुनौती नभएको उनलाई कार्यालय जान के ले रोकेको हो भन्दै सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ । मन्त्रिपरिषदको वैठक मात्र नभएर पार्टीको वैठक समेत पार्टी कार्यालय छाडेर सरकारी निवासमा राख्ने गरेका उनी शुक्रबार धनगढी पुगे । प्रतिनिधिसभा विघटनको कदम चालेको प्रति सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री ओली विघटनको कारण र विघटन संविधान अनुसार नै हो भन्दै विरोधको सामना गर्न कार्यकर्ता भेलामा पुगिरहेका छन् । ९ महिनादेखि कार्यालय नै नपुग्ने ओली कामचलाउ प्रधानमन्त्री भइसक्दा अब कहिले सिंहदरबार जाने हुन् त्यो भने हेर्न बाँकी छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.