×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

बाग्मती प्रदेश सरकारले गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गर्ने

२४ पुष २०७७

२४ पुस, हेटौंडा ।

वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनाका रुपमा प्रदेश सरकारले अगाडि सारेका आयोजनाका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड ४१ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

आयोजनाअन्तर्गत गोसाइँकुण्डमा बाटो, बत्ती, पाटी, पौवा, शौचालय, नाचघर, पैदलमार्गलगायत संरचना निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय नुवाकोटका निमित्त प्रमुख सञ्जय पाण्डेले जानकारी दिए । गोसाइँकुण्ड नजिकै तीन वटा लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पाँच पाटीपौवा निर्माण गरिने उनले बताए । यस्तै उनका अनुसार एउटा नाचघर, २८० मिटरकोे नाला तथा ३०० मिटरको पाइप बिछ्याएर पानी कटाउनेजस्ता कार्य योजनामा समावेश गरिएका छन् ।

आयोजनाले एक हजार ३२० मिटर पैदलमार्ग निर्माण गर्ने, गोसाइँकुण्डमा नुहाउने र कपडा परिवर्तन गर्ने घर बनाउने, सोलार बत्ती जडानलगायत काम गर्ने पाण्डेले बताए । यस्तै रु ४२ लाख ८५ हजारमा गोसाइँकुण्ड मन्दिरको मर्मत गरिने मन्दिरको चौडाइ र लम्बाइ फराकिलो बनाइने तथा गजुर राखिनेलगायत कार्य गरिने जनाइएको छ ।

आयोजनाले हरेक वर्ष गोसाइँकुण्ड जाने पर्यटक तथा भक्तजनले पाटीपौवामा बास बस्न मिल्ने वातावरण मिलाउने, महिलामैत्री, अपाङ्गमैत्री भवन बनाउने, खानेपानीको उचित व्यवस्था गर्नुका साथै गोसाइँकुण्डमा हुने फोहर व्यवस्थापनलगायत त्यहाँका धार्मिक विश्वास, संस्कृतिको पनि जगेर्ना गर्ने जनाइएको छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले गोसाइँकुण्ड एकीकृत विकास आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा अगाडि बढाइएको बताए । उनले आयोजनाको सबै पूर्वाधार अपाङ्ग, बाल, लैङ्गिक तथा वातावरणमैत्री हुने बताए । वाग्मती प्रदेश हरित प्रदेशका रुपमा विकास हुँदै गएको भन्दै उहाँले प्रदेशमा संरचनाको निर्माण गर्दा फरकफरक स्थानअनुसारकै वातावरणमैत्री बनाइने बताए ।

उनले गोसाइँकुण्ड एकीकृत विकास आयोजनामा निर्माण हुने भौतिक संरचना भूकम्प प्रतिरोधी हुने जानकारी दिए । आयोजनाले गोसाइँकुण्डको तालतलैया जोगाउने, त्यहाँको सांस्कृतिक, धार्मिक विश्वासलाई जोगाउने विषयलाई पनि महत्वका साथ लिएको मन्त्री फुयाँलले बताए । उनले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आयोजना अगाडि बढाउन सक्रियता देखाएका कारण र उनको इच्छाशक्तिका कारण गोसाइँकुण्ड एकीकृत आयोजना अगाडि बढेको उल्लेख गरे ।

आयोजनाको शुरुआत अघि मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ । छलफलमा वाग्मती प्रदेशसभा सदस्य प्रभात तामाङले गोसाइँकुण्ड पर्यटकीय क्षेत्रसँगै धार्मिकस्थल भएको बताए । भारतीय कैलाश पर्वत भनेर तिब्बतसम्म पुग्ने गरेको बताउँदै उनले देशका लागि कैलाश पर्वत भनेकै गोसाइँकुण्ड भएको दावी गरे ।

गोसाइँकुण्डको उचित विकास गरेर व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्नेमा उनले जोड दिए । गोसाइँकुण्ड धार्मिक हिसाबले पनि हिन्दूको मात्रै नभएर बौद्धको पनि धर्मथलो भएको उनको भनाइ थियो । उनले गुुम्बाको पनि निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । जनैपूर्णिमामा हिन्दू र बौद्धले एकैथानमा पूजा गर्ने देशकै एकमात्र स्थान गोसाइँकुण्डमात्रै भएको उनले दाबी गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले गोसाइँकुण्डमा सुन्दर, आकर्षक र बलिया संरचना निर्माण गरिने बताए । उनका अनुसार भोलिका दिनमा भत्काउन नपर्नेगरी पूर्वाधार बनाइने छ । प्राविधिक काम एक हप्ताभित्र सकिने र यही साता आयोजनाको काम अगाडि बढाउन टेन्डर निकाल्ने तयारी भइरहेको छ ।

Advertisement

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गोसाइँकुण्डदेखि त्रिशूलधारा जाने बाटो नभएको भन्दै आयोजनामा भएका कामभन्दा पनि आवश्यकताका आधारमा पदमार्ग निर्माण हुनुपर्नेमा जोड दिए । गोसाइँकुण्डबाट त्रिशूलधारा जाने बाटो राम्रो नभएका कारण करीब ८०० मिटरको बाटो प्रदेश सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ । गोसाइँकुण्डमा हेलिकप्टरबाट दैनिक १० वटासम्म उडान हुने भएका कारण हालको हेलिप्याड काम चलाउ मात्रै भएको भन्दै एमआइ १७ हेलिकप्टर ल्याण्डिङ गर्न मिल्ने हेलिप्याड बनाइनुपर्ने आवश्यकता भएको अध्यक्ष तामाङले बताए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top