निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न सभापति देउवाको माग

२४ पुस ७७, शुक्रबार
Share this
702shares

२४ पुस, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाको ठहर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेकाे थियाे ।

Advertisement

‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यता विपरीत हो, पक्राउ परेकालाई तत्काल रिहाइ गर्न माग गर्दछु ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top