पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु

१७ जेठ ७५, शुक्रबार

विराटनगर, जेठ १८ ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बिहिबार पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु भएको छ।

Advertisement

महाकुलुङ गाउँपालिका –१ पात्लेस्थित बबर्दो भीरमा महाकुलुङ–बुङ बजार जोड्ने कृषी सडक खन्न खटिएको बा २ क ८०१७ नम्बरको स्काईभेटर माथीबाट खसेको पहिरोले पुरिंदा सोही सह–चालक सोलुखुम्बु नेचासल्यान गाउँपालिका ३ निवासी अन्दाजी २२ वर्षीय लोचन गौतमको मृत्यु भएको छ ।

बिहिबार दिउँसो स्काईभेटरका चालक खाना खान गएको बेला सहचालकले स्काईभेटर ब्याक गर्न खोज्दा ढुङामाटोले स्काईभेटसरसहित गौतमलाई पुरिएको स्थानीयले बताएका छन् ।

Advertisement

गौतमको शव स्थानीय प्रहरी र गाउँलेहरुले बिहिवार साँझ माटो खनेर निकालेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top