डेढ लाख बढीको अवैध सामान भन्सार बुझाइयो

१८ जेठ ७५, शुक्रबार
Share this
777shares

विराटनगर, जेठ १८ः इलाका प्रहरी कार्यालय रानीले बिहिबार डेढ लाख भन्दा बढी मूल्यको अवैध सामान बिहिबार भन्सार बुझाएको छ ।

Advertisement

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत खटिएको टोलीद्वारा भारततर्फ भन्सार छली गरी ल्याउँदै गरेको एक लाख पचास हजार आठ सय साठी रुपैया बराबरको खाधान्न, लत्ताकपडा, डिसहोम र प्रेशकुकर लगायतका सामान बरामद गरिएको हाे।

बरामद सामानहरु आवश्यक कारवाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top