सुनको भाउ आज प्रतितोला ९२ हजार २ सय कायम

२७ पौष, काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

गएको शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको महासङ्घको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top