स्पोर्ट्स अवार्डको तयारी पूरा ,खेलाडीदेखि प्रशिक्षक सम्मानित हुँदै

२७ पुस, काठमाडाैँ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड मंगलबार आयोजना हुँदै छ । विभिन्न खेलकुद विधामा आफ्नो कौसलता प्रदर्शन गर्दै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गर्दै आएको अवार्ड विभिन्न १० विधामा प्रदान गरिदै छ । मनोनयमा परेका खेलाडीले यो अवार्डलाई देशको प्रतिष्ठित अवार्डको रुपमा लिँदै आएका छन् ।

कोरोना महामारी पूर्व नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सफल भयो । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले अहिले सम्म सबै भन्दा धेरै स्वर्ण पदक जित्दै नयाँ इतिहास पनि रच्न सफल भयो । तेस्रो पटक आयोजना गर्दा नेपालले विगतका तुलनामा राम्रो नतिजा निकाल्दा नेपाली खेलकुद निकै प्रशंसित हुन पुग्यो । ती नै प्रतियोगिता सँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मूल्यांकन गरेर अवार्ड गरेको हो ।

मंगलबार तय भएको अवार्ड कार्यक्रमको तयारी पूरा भएको मञ्चले जनाएको छ । विगतमा जस्तै यस वर्ष पनि मञ्चले विभिन्न १० विधाका खेलाडी तथा प्रशिक्षकलाई समावेश गरेरर अवार्ड कार्यक्रम गर्दै छ । जसमा राष्ट्रका लागि पदक दिलाउने खेलाडी समावेश भएका छन् भने पद दिलाउन प्रशिक्षकको भूमिका खेलेका प्रशिक्षक समावेश भएको मञ्चले जनाएको छ । मनोनयनमा परेको खेलाडीले एनएसजेएफले प्रदान गर्ने अवार्डले खेलाडीलाई खेलमा लगनशील भए खेलकुदमा लाग्न प्रेरणा मिल्ने गरेको प्रतिक्रिया दिए ।

Advertisement

यता राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाहीले पनि अवार्डले खेलाडीको मनोबल उच्च पार्ने बताइरहँदा भोटिङ प्रणालीमा सुधार गर्नु पर्ने सुझाव दिइन् ।

अवार्डलाई सरकारले पनि महत्वपूर्ण अवार्डको रुपमा ब्याख्या गर्दै आएको छ र आयोजना हुँदा सहयोग पनि गर्दै आएको छ । देशका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गरिने यस्ता अवार्डले खेलाडीको मनोबल अवश्य बढाउने गरेको छ । खेलाडीको मनोबल उच्च बनाउनका लागि सरकारले पनि यस्ता किसिमका कार्यक्रम गरे हौसला बढ्ने थियो । साथै प्रदान गर्दै आएका सेवा सुविधालाई सहज तरिकाले उपलब्ध गराएमा खेलाडी पलायन हुने समस्या पनि हट्नेमा दुईमत छैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top