×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

बलियो बन्दै ओली ! (भिडियो)

२७ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने कि नरहने, औपचारिक रुपमा विभाजित हुने कि नहुने भन्ने अन्यौलता कै बीच दुबै समूह शक्ति सञ्चय गर्नमा केन्द्रीत भएका छन् ।

केन्द्रीय समिति विस्तार, पदाधिकारीमाथि कारबाही जस्ता गतिविधिसँगै कार्यकर्ताको समर्थन जुटाउन केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह नै लागि परेका छन् । २०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा नेकपामा ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो । २ सय ९७ जना केन्द्रीय सदस्य दाहाल–नेपाल समूहमा गएपछि भारी अल्पमतमा परेको ओली समूहको पुष ७ गते बसेको केन्द्रीय कमिटी वैठकले सदस्य संख्या ११ सय ९९ पुर्याएको थियो । त्यतिखेरै ओलीले ५ सय ९६ जनालाई मनोनयन गरेर १ सय ९६ सिट रिक्त राखेका थिए । अहिले फेरी ओली समूहले विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्दै १५ सय १ सदस्यीय बनाएको छ । पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मा लेखिएको छ–‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजार ५ सय १ सदस्यीय भएको छ’ । अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले दिइएको कार्यकारी अधिकार फिर्ता लिइएको उल्लेख छ । यसको अर्थ दाहालको कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ । पार्टी एकता हुँदा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो । दाहाल–नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना केन्द्रीय सदस्य गएपछि विभाजनको पर्खाइमा रहेको ओली समूहको नेकपाले केन्द्रीय समितिमा थप मनोनित गरेर केन्द्रमा आफ्नो आकार ठूलो देखाउने प्रयास गरेको छ । तर एकलौटी ढंगले केन्द्रीय कमिटी विस्तार गर्ने ओलीको कदम वैधानिक नहुने दाहाल–नेपाल समूहको दाबी छ ।

Advertisement
Advertisement

उसले त झन, ओलीलाई कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको छ । संगठनात्मक अवस्था कमजोर रहेको सुदूरपश्चिम प्रदेशबाट मात्र ओली समूहले करिब एक सय जनालाई केन्द्रीय सदस्य बनाएको छ । दलको आधिकारिकता विवाद निर्वाचन आयोगले निरुपण गर्दै गर्दा ओली समूह भने बलियो बन्दै गएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकेर प्रचारप्रसार गर्न अपिल गर्दैैछन् । निर्वाचन लक्षित गतिविधि बनाउन कार्यकर्तालाई निर्देशन दिँदै केन्द्रमा समेत कमिटी विस्तार गरी ओली थप शक्ति आर्जन गरिरहेका छन् । अल्पमत र बुहमतको खेल अनि शक्ति संचय र आर्जनले नेकपामा भने ग्रहण लागेको छ ।

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top