कोरोना भाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण

२७ पुस ७७, मंगलबार

२७ पुस, बेइजिङ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् ।

चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो ।

Advertisement

कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ ।

Advertisement

यसै महिनाको शुरुमा पनि यस मिसनका बारेमा चीन र डब्लुएचओबीच असमझदारी उत्पन्न भएको थियो । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले आफ्ना वैज्ञानिक टोलीको प्रवेशमा अबरोध गरेकामा आपत्ति जनाएका थिए ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुलाई डब्लुएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको जनाउँदै पछिल्लो समय उत्पन्न गतिरोध “असमझदारी”का कारण मात्र भएको स्पष्ट गरेका छन् ।

डब्लुएचओका विज्ञहरुले चीनमा दुई साता क्वारेन्टिनमा बस्नु पर्नेछ । उनीहरुले सन् २०१९ को अन्त्यतिर पहिलो पटक कोभिड–१९ देखिएको उहान शहरको पनि भ्रमण गर्नेछन् ।

संयुक्तराज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिका बारेमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोनाभाइरसको संक्रमण रोक्न चीन सरकारले आफूले गरेको प्रयत्नको प्रशंसा गरेको छ ।रासस–एएफपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top