×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

२८ पुष २०७७

काठमाडौँ: राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो।

समितिको सोमबार बसेको बैठकले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गरी योजनाबद्ध वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। खोप वितरण कार्य गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको छ।

Advertisement
Advertisement

कोरोनाविरुद्धको खोपको उपलब्धता, त्यसको प्रभावकारिता, मूल्य, निःशुल्क प्राप्त गर्न सक्ने अवस्था, भण्डारणका लागि आवश्यक तापक्रमजस्ता पक्षको अध्ययन गर्न समितिले सरकारलाई भनेको छ। समितिले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउनेगरी छिमेकी मुलुकलगायत अन्य मुलुकका सरकार तथा विभिन्न खोप निर्माता कम्पनीसँग सम्पर्क तथा समन्वय गरी खरिद सम्झौता, अग्रिम बुकिङलगायत प्रक्रिया अगाडि बढाई यथाशीघ्र खोप उपलब्ध गराउन निर्देशन दिएको छ।

हाल निःशुल्क वितरण गरिएका विभिन्न रोगविरुद्ध खोपलगायत अन्य खोपको खरिदमा बर्सेनि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने भएको उल्लेख गर्दै समितिले स्वदेशममै सम्भाव्यता अध्ययन गरी खोप उत्पादन गर्न सुझाएको छ।

Advertisement

यसका लागि राज्यले छुट्टै संरचना निर्माण गर्न र त्यसका लागि आवश्यक ल्याब, दक्ष जनशक्ति तथा स्रोतसाधन व्यवस्थापनको अध्ययन–अनुसन्धानसहित योजना बनाउन समितिले भनेको छ। देशभित्र पाइने विभिन्न बहुमूल्य जडीबुटीको पहिचान गरी आर्युवेदिक औषधिको उत्पादन गर्न पनि समितिले सरकारलाइ निर्देशन दिएको छ। यसका लागि अध्ययन तथा अनुसन्धान गर्न पर्याप्त रकम र जनशक्तिको व्यवस्था मिलाउन पनि समितिले भनेको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top