‘समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक’

१७ जेठ ७५, शुक्रबार

काठमाडौँ, जेठ १८
राष्ट्रियसभामा आव २०७५÷७६ र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ४९ जना सदस्यले भाग लिएका छन् ।

राष्ट्रियसभामा आज बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले निकै बहस र छलफल भएर समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नेपाली काँग्रेसको सहमतिमा ल्याएको स्मरण गराउँदै बहुदलीय प्रतिस्पर्धाका आधारमा शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक छ भने।

“निजी क्षेत्रप्रतिको दृष्टिकोण गलत छ, आयोजनाको प्राथमिकीकरण स्पष्ट छैन, आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्ने सम्भावना देखिन्न ”, उनले भने ।

Advertisement

नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले पुराना र नयाँ योजना सम्पन्न गर्नुपर्ने बीचको ढङ्गबाट बजेट आएको बताए। “आर्थिक ढङ्गबाट पनि संघीयता कार्यान्वयन गर्न कुल बजेटको ३३ प्रतिशत बजेट प्रदेश र स्थानीय तहमा बजेट गएको छ, सर्वसाधारणमा सार्वजनिक सेवा सहज पु¥याउने उद्देश्यले आएको छ,सामान्य, समपूरक, सशर्त र विशेष अनुदानको व्यवस्था गरेर ल्याइएको बजेट सघीयताको धरातलको जगमा टेकेर ल्याइएको छ”, उनले भने ।

सोही दलका परशुराम मेघी गुरुङले प्राविधिक शिक्षा, सीमा क्षेत्रका जनताको समृद्धि, ज्येष्ठ नागरिकका लागि बीमा र ठूला अस्पतालमा बेग्लै कक्ष, ऊर्जा र द्र्रुतमार्गजस्ता सानादेखि ठूला कार्यक्रम समेटिएकाले प्राथमिकीकरण दिने ढंगबाट बजेट आएको बताए ।

Advertisement

सांसद रामलखन चमारले बजेट राम्रो र उत्कृष्ट भएको जनाउँदै स्वागत र समर्थन गरे । सांसद नैनकला ओझाले बजेट बाँडफाँट गर्दा कहीकतै धेरथोर हुन सक्छ तर समग्रमा बजेट मुलुकको अर्थतन्त्र र जनताको भावनाको कसीमा आएको छ भने ।

सांसद नन्दा चपाईले निर्वाचन क्षेत्र विकास कार्यक्रमबारे धारणा राख्ने कतिपय सांसदले आफूलाई वडाध्यक्षका रुपमा राखियो भन्ने खालका अभिव्यक्तिले वडाध्यक्षको मारमर्दन भएको हुँदा त्यस्तो अभिव्यक्ति फिर्ता लिन आग्रह गरे। सांसद सिंहबहादुर विश्वकर्माले जनताको पक्षमा आएको बजेट कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए । बजेटमाथिको छलफल सकिएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top