भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

१७ जेठ ७५, शुक्रबार

काठमाडौँ, जेठ १८
महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ ।

Advertisement

पक्राउ परेका यादवलाई आज आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top