NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

राज्य नागरिकको ज्यान बचाउन केन्द्रित रहँदा अन्य क्षेत्र ओझेलमा परेः मन्त्री ढकाल

शुक्रबार माघ २ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
राज्य नागरिकको ज्यान बचाउन केन्द्रित रहँदा अन्य क्षेत्र ओझेलमा परेः मन्त्री ढकाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ माघ, पोखरा ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।

पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन् ।

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए ।

Advertisement

“धेरै क्षेत्रमा समस्या छ, तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरेजस्तो भएको छ, अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ”, उनले भने, “रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि धेरै कुरा उठेका छन्, रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो फुकाउने कोसिस गर्नेछु ।”

उनले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन म दिन्न, यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।” उनले सरकारले सुशासन प्रत्याभूत हुने गरी काम गरेको र दोषीहरु जेल परेको भन्दै अनियमितता गर्ने कोही पनि उम्कन नसक्ने बताए ।

छलफल कार्यक्रममा मन्त्री ढकालले निर्धारित समयभित्रै चुनाव हुने र चुनावको विकल्प नभएको पनि उल्लेख गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा शतप्रतिशत घाटा व्यहोरिरहेको पर्यटन क्षेत्र राज्यले घोषणा गरेको मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको बताए ।

“पर्यटन क्षेत्र निकै प्रभावित छ, राज्यले छुट्याएको रु ५० अर्बको व्यवसाय सञ्चालन कोष पनि व्यवसायीले पाउन सकेका छैनन्, पर्यटन क्षेत्रबाट व्यवसायी विस्थापित हुँदैछन्, अर्बौँको लगानी जोखिममा छ, तर सरकारले तदारुकता देखाएन”, उनले भने ।

उनले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिँदा र राज्यको उदासीनताले यस क्षेत्रको लगानी जोखिममा रहेको बताए । भट्टराईले राज्यले पर्यटनमैत्री नीति अवलम्बन गरेर बाह्य पर्यटकलाई सहज र सरलरूपमा घुम्ने वातावरण बनाउन पनि आग्रह गरे ।

अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले सरकारले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्न नसक्दा यस क्षेत्रको भविष्य झनै अन्योलमा भएको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०ले विदेशी पर्यटकसँग लिने प्रवेश शुल्कलाई ‘मल्टिपल’ बनाएर सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे । एक ठाउँमा शुल्क तिरेपछि अर्को ठाउँमा पर्यटक जाँदा समस्या झेल्नुपरेको बताउँदै ‘मल्टिपल इन्ट्री’ का लागि खुला गर्नुपर्ने उनको भनाइ थियो ।

छलफल कार्यक्रममा होटल एशोसिएशनका केन्द्रीय अध्यक्ष भरत पराजुलीले सबै कुरा खुला भइरहँदा नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय नाकाको कडाइलाई सहज बनाएर पर्यटकलाई नेपाल आउने वातावरण गराउन पहल गराउनुपर्ने बताए ।

छलफल कार्यक्रममा नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारी, नेशनल टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) का अध्यक्ष सञ्जयकान्त सिग्देल, इम्ब्रोइडरी एण्ड गार्मेण्ट एशोसिएशन (एगा) का अध्यक्ष विश्वराज पोखरेल, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्मिाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का उपाध्यक्ष उमा भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्कीलगायतका व्यवसायीले पर्यटन क्षेत्रमा विद्यमान समस्यालाई न्यूनीकरण गर्दै पर्यटनमैत्री वातावरण निर्माणका लागि यथाशक्य पहल गर्न र पर्यटनमा देखिएका अवरोध हटाएर आर्थिक समृद्धिको आधार खडा गर्न मन्त्री ढकालसमक्ष आग्रह गरेका थिए ।(रासस)

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.