भद्रपुर, धनगढी र लुक्लामा उडान सुरु, सिमरा, भोजपुर र भैरहवामा स्थगित

२ माघ, काठमाडौँ । मौसम खुल्दै गएका ठाउँमा उडान सुरु हुन थालेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बिहान देशभरका आन्तरिक उडान ठप्प भएको थियो ।

बाक्लो हुस्सु र कुहिरो हटेपछि भद्रपुर, धनगढी र लुक्लाका लागि उडान भएको छ । सुर्खेतमा उडानको तयारी भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । पोखरा, दाङ, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुरमा भने उडानमा ढिलाइ भइरहेको छ ।

उडानमा ढिलाइ भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भीड बढेको छ । यस्तै, खराब मौसमका कारण केही उडान भने स्थगित भएका छन् । बुद्ध एयरको सिमरा, नेपाल एयरलाइन्सको भोजपुर र सौर्य एयरको भैरहवाको उडान स्थगित भएका छन् ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top