साउदीमा श्रमिकसँगको करार सम्झौतालाई अस्थायी रूपमा तोड्न पाउने नीति जारी

२ माघ, काठमाडौँ । साउदी सरकारले कोरोना महामारी अवधिभर संकटमा परेका रोजगारदातालाई श्रमिकसँग गरिएको करार सम्झौतालाई अस्थायी रूपमा तोड्न पाउने नीति जारी गरेको छ ।

साउदीको मानव संसोधन तथा सामाजिक विकास मन्त्रालयले साउदीको श्रम कानुनको दफा नम्बर ४१ को कार्यान्वयनमा रोक लगाउँदै रोजगारदातालाई फाइदा पुग्ने नयाँ नीति ल्याएको हो ।

निजी क्षेत्रको रोजगारदाताको हितका लागि भन्दै साउदीले रोजगारदातालाई कुल जनशक्तिको ७० प्रतिशत बेरोजगार श्रमिकको सूची ‘सनिद’ बिमा कार्यक्रममा पेस गर्न पाउनेसमेत व्यवस्था मिलाएको छ । रोजगारदातालाई श्रमिकको कार्यघण्टा घटाई तलब कटौती गर्न, बेतलबी बिदामा राख्न र वार्षिक बिदामा राख्न पाउनेसमेत छुट दिइएको साउदी गजेटमा उल्लेख छ ।

साउदीमा झन्डै ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । कोरोना भाइरस नियन्त्रण गर्न साउदीमा लकडाउन गरेपछि सेवा क्षेत्रमा आबद्ध कम्पनीहरू बढी प्रभावित भएको थियो । जसले गर्दा हजारौं नेपालीले रोजगारी गुमाएका थियो ।

तलब कटौतीमा परेका ठूलो संख्यामा रहेका नेपाली श्रमिकले अझै साउदी छाडिनसकेको नेपाली दूतावासले जनाएको छ । साउदीले डिसेम्बरको १७ तारिखबाट कोरोनाविरुद्धको खोप लगाउन थालेपछि स्वदेश नफर्केको नेपाली श्रमिक रोजगारी पाउने आशामा बसिरहेका छन् । साउदीले प्राथमिकताका आधारमा खोप सेवा उपलब्ध गराएको नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top