काँग्रेस बचाउन सबै तहका समिति विघटन गर्न नेता गुरुङको माग

काँग्रेस बचाउन सबै तहका समिति विघटन गर्न नेता गुरुङको माग

काठमाडौँ, जेठ १९
नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गरेका छन् ।

नेता गुरुङले आज काठमाडौँमा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै काँग्रेस गुटमा मात्र रुमलिइरहे विलीन भएर जाने चिन्ता व्यक्त गरे । पार्टी नेतृत्वको कार्यशैलीका कारण काँग्रेसका कार्यकर्ताको गला अवरुद्ध भएको, पुराना काँग्रेस नेताहरुमा निराशा आएको र तरुण पुस्तामा विद्रोहको भावना आएको आफूले महसुश गरेको बताए ।

अहिले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक बी.पी. कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेको कारण पार्टी आजको दयनीय अवस्थामा पुगेको उनको धारणा थियो ।

निर्वाचनमा भएको पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनुपर्ने उनको विचार थियो ।

नेता गुरुङले नयाँ संविधानअनुसार काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी, सबै तहका समितिलाई विघटन गरी, तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरी नयाँ नेतृत्वको चयन गर्नुपर्ने धारणा व्यक्त गरे ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.