मर्न तयार छौं तर झुक्ने छैनौं : दाहाल

४ माघ, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । दाहाल-नेपाल समूह निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार राजधानीमा सम्बोधनका क्रममा उनले प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने बताएका हुन् ।

Advertisement

दाहालले अन्तिम भरोषा जनतामाथि रहेकोले आक्रमक आन्दोलनको तयारीका लागि निर्देशन दिएका छन् । उनले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए ।
’इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरुलाई गलहत्याएको छ । राजा-महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास छ । त्यसैले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं,’ दाहालले भने, ’देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं’

उनले अगाडि भने, ’संवैधानिक संस्थाप्रति हाम्रो अन्य केही गुनासो र अविश्वास छैन । गलत फैसला भयो भने के गर्ने त्यतिबेलै सोचौंला । तर हामीलाई सबभन्दा ठूलो भरोषा जनतामाथि छ ।’ केपी ओलीको अहंकार, दम्भ र निरंकुशताले नेपाली जनताको आश, आकांक्षालाई कुठाराघात गरेको दाहालको भनाइ थियो ।

Advertisement

यसअघि आइतबार नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूणर् बैठकमामा दाहालले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफूहरु माथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको बताएका थिए । उनले संविधानमाथि प्रहार हुँदा, सिंगो देश स्तब्ध भए पनि प्रधानमन्त्री ओली हाँस्दै हिँडेको टिप्पणी गरे । आफूहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष दाहालले बताए । आफूहरु मार्क्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको दाहालले प्रस्ट पारे । ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उनको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top