×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

४ माघ २०७७

४ माघ, काठमाडौं ।

मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ ।

Advertisement
Advertisement

देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

देश सङ्घीयतामा भएको परिप्रेक्षमा प्रादेशिक रुपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश सरकार, स्थानीय सरकार तथा सङ्घीय सरकारको संयुक्त साझेदारीमा विकास तथा विस्तार गर्ने नीति लिइएको छ । सोही बमोजिम विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तरराष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश नं १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र सङ्घीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा छ आन्तरिक वायुयान बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गत मङ्सिर १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन छ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेशन’ गर्न सकिने गरी निर्माण गरिएको छ ।

त्यसैगरी उक्त विमानस्थलको मौजुदा एक हजार ५०० मिटरको धावनमार्गको लम्बाई थप २०० मिटर बढाउने कार्य जारी रहेको छ । कैलाश मानसरोवार जाने भारतीय पर्यटकलाई लक्षित गरी उक्त विमानस्थलबाट नयाँदिल्लीमा उडान गर्ने योजना रहे पनि हवाई रुटको टुङ्गो नलाग्दा हाल स्थगन गरिएको छ ।

भविष्यमा भारतीय शहरबाट क्षेत्रीयस्तरमा हुनसक्ने अन्तरराष्ट्रिय उडानलाई दृष्टिगत गरी उक्त विमानस्थलको चरणबद्ध विकास गर्नु आवश्यक रहेको क्यानले उल्लेख गरेको छ । धनगढी, भरतपुर र चन्द्रगढी विमानस्थलमा धावनमार्ग, ट्याक्सीमार्ग र एप्रोन कालोपत्र गर्ने कार्यसम्पन्न भएको छ ।

जनकपुर विमानस्थलमा अत्याधुनिक ‘स्टेल स्ट्रक्चर’ प्रविधिबाट निर्मित टर्मिनल टावर भवन निर्माण भई हालै सञ्चालनमा आएको छ । महेन्द्रनगर विमानस्थलमा स्थानीय नगरपालिका तथा प्रदेश सरकारसँग सहकार्य गरी विमानस्थल विस्तार गर्न गुरुयोजना तयार पारिएको छ ।

Advertisement

क्यानको विवरणमा हाल देशभर ५४ विमानस्थलमध्ये ३२ विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थलमध्ये ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । अहिले मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छन् । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत र पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति रहेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top