युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

४ माघ, एजेन्सी।

Advertisement

युगान्डामा लामो समयसम्म सक्रिय राजनीतिमा रहँदै राष्ट्रपतिको कार्यभार सम्हालेका योवेरी मुसेभेनी पुनः निर्वाचित भएका छन् । विपक्षी दलले भने मतदानमा धाँधली भएको आरोप लगाएको छ ।

युगान्डाको निर्वाचन आयोगका अनुसार मुसेभेनीले कुल मतको करिब ५९ प्रतिशत मत प्राप्त गरेका छन्  । विपक्षी दलका बबी वाइनले ३५ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ । राष्ट्रपति मुसेभेनीले बिहीबारको मतदान अफ्रिकी राष्ट्र युगान्डाको इतिहासमा अहिलेसम्मकै धाँधलीरहित निर्वाचन भएको दाबी गरे।

Advertisement

बीबीसीका अनुसार पूर्ब पप स्टार बबी वाइनले भने इन्टरनेट जडान विच्छेद हुँदा मतदानमा धाँधली भएको भन्दै प्रमाण पेश गर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top