ओलीले सर्वोच्च र निर्वाचनमा सेटिङ गर्न सक्छन् : प्रचण्ड

४ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् । आइतबार प्रचण्ड-माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भएको बताएका हुन् ।

Advertisement

यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाई छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।

Advertisement

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्दमा उभिएको बताए । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागू गरी प्रतिक्रान्ति गरेको खनालले बताए ।

Advertisement

एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनु बाहेक केही गरेनःभीम रावल

प्रचण्ड-माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीम रावलले विगतमा भएका विभाजनका श्रृङ्खलाहरुलाई समाप्त गर्नेगरी पार्टी एकीकरण भएको भएपनि एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनु बाहेक केही हुन नसकेको टिप्पणी गरे । ओलीले देशलाई स्थायित्व दिन आफैले गरेको हस्ताक्षरलाई आफैले निर्लज्ज रुपमा च्यातेर फ्याकेको बताए ।

प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर संघर्षका कार्यक्रम गरिरहेका छन् भने विभिन्न जनवर्गिय संगठनहरुको भेलालाई पनि तिव्रता दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top