बार्सिलोनालाई हराउदै बिल्वाओ बन्याे सुपर कप च्याम्पियन, मेस्सीलाई रातो कार्ड

४ माघ ७७, सोमबार

५ माघ, एजेन्सी ।

क्याटलान क्लब बार्सिलोनामाथि जित निकाल्दै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ ।

खेलमा दुईपटक पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै बिल्वाओले १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

Advertisement

बिल्वाओलाई च्याम्पियन बनाउन ओस्कार डि मार्काेस, एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरेपनि उपाधिका लागि पर्याप्त भएन ।

सेभिया स्पेनमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको १२ यार्ड टाढाको प्रहार डिफ्लेक्ट हुदै आएको बललाई ग्रिजमनले जाली चुमाएका थिए ।

तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ४२औं मिनेटमा इनाकी विलियम्सको पासमा ओस्कार डि मार्काेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

९०औं मिनेटमा सब्सिच्युट एसिएर भिल्लालिब्रेले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै अतिरिक्त समयमा लम्ब्याए । उनी ८३औं मिनेटमा राहुल गार्सियाको स्थानमा मैदान छिरेका थिए ।

अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३–२ को अग्रता दिलाए । ११२औं मिनेटमा ग्रिजमन ह्याट्रिकबाट चुक्दा खेल बराबरीमा ल्याउन सकेन ।

अन्तिम समयमा कप्तान लियोनेल मेस्सी रातो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । सँगै रहेका बिल्वाओका खेलाडीलाई हातले धकेल्दै लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै मेस्सीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top