×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

शेयर बजार ः दुई अर्ब बढीको कारोवार

१९ जेष्ठ २०७५

काठमाडौँ, जेठ १९
धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो ।

गत साता १८३ कम्पनीको रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजारबराबरका ४१ लाख ३७ हजार ४३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव १७ अंकले बढेर २७५ दशमलव २८ अंकमा आइपुगेको छ ।

यस साता कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ५४ लाख ९० हजार बराबरको शेयर कारोवार भएको छ ।

यस्तै कारोवार भएको शेयर संख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको तीन लाख ३७ हजार कित्ता शेयर कारोवार भएको छ ।

यस साता नेपाल स्टक एक्स्चेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोवार भएन ।

यसैगरी, यस साता सिभिल बैंक लिमिटेडको दुई करोड सात लाख ४० हजार ८८६ कित्ता हकप्रद, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख २१ हजार ५०० कित्ता बोनस, एनएलजी इन्स्योरेन्स कम्पनीको एक लाख २८ अजार ८१२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३० लाख पाँच हजार कित्ता बोनस र साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६५५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।
रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top