जङ्गल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बनिन् राधिका थापा

८ माघ, काठमाडौँ ।

प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा सञ्चालन भएको प्रतिविद्रोह तथा जङ्गल वारफेयर तालिममा महिला सैनिक जवान राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी छन्।

सिन्धुपाल्चोक घर भएकी सिपाही राधिका थापा २०६९ सालमा नेपाली सेनामा भर्ना भएकी थिइन्। सैन्य आधार तालिम पश्चात् प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा कार्यरत रहेकी थापाले सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता माग गर्ने सि.सं. १०३ प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकी छन् ।

तीन महिनाको अवधिसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जङ्गल नेभिगेशन, धराप निर्माण गर्ने, jungle survival techniques तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान/सीपहरु सिकाइन्छ । थापाले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरी सकेकी छन्।

यसरी नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकोमा उनलाई नेपाली सेना हार्दिक बधाई ज्ञापन समेत गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top