NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताहरुबाट बधाई, कसले के भने ?

बिहिबार माघ ८ , २०७७
Reading Time: 1 min read
A A
बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताहरुबाट बधाई, कसले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ माघ, पेरिस ।

संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् ।

विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन् ।

LS Auto

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिँदै भनेका छन्, “युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।”

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेका छन्, “नयाँ बिहानी, नयाँ शुरुआतका लागि युरोप तयार छ ।” इरानका राष्ट्रपति हस्सन रौहानीले पनि ट्रम्पको पलायनबाट आफूहरु खुशी भएको बताएका छन् । उनले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दीहरु फुकुवा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, “बाइडेन प्रशासनले गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौं । इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनः फर्किने हामीले आशा गरेका छौं ।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत भनेका छन्, “अमेरिका–इजरायल सम्बन्धलाई थप गति प्रदान गर्न आफ्नो मुलुक तयार छ । इजरायल र अरब मुलुकहरुबीच शान्ति कायम गर्ने प्रयास थप विस्तार हुने तथा इरानका तर्फबाट उत्पन्न त्रासलाई साम्य बनाउने चुनौतीलाई मिलेर सामना गर्न इजरायल प्रतिक्षारत छ ।”

नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र युरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो युरोप र अमेरिका दुबैका लागि हितकर रहेको छ भनेका छन् ।

उनले नेटोका गठबन्धन मुलुकहरुले चीनको तिब्र विकास, अफगानिस्तान र इराक समेतमा आतंकवादको चुनौती तथा रसियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताए । पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर “भाइचारा र शान्ति” लाई प्रबद्र्धन गर्न आग्रह गरेका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताएका छन् । रसियाली विदेश मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा हतियार नियन्त्रण सम्बन्धी आगामी वार्तामा बढी नै रचनात्मक पहल अमेरिकी नेतृत्वबाट प्रस्तुत हुने जनाएको छ ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन्ः “अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।”उनले भने, “हामी सँगै, साथमा छौं । हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं । हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनु पर्नेछ । पेरिस सम्झौतामा पुनः स्वागत छ ।”

डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताएका छन्। उनले भनेका छन्, “कोभिड विरुद्धको संघर्ष, जलवायू, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन् । विश्वमा प्रजातन्त्रको प्रबद्र्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, “संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनु भएकामा आफ्ना तर्फबाट बाइडेनलाई न्यानो बधाई । भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु ।”

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतिक्षा गरिरहेको बताएका छन् ।रासस–एएफपी

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.