विश्व पावर लिफ्टिङमा स्वर्ण पदक बजेता रुप कार्कीको निधन

९ माघ, रुपन्देही ।

दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेलमा स्वर्ण पदक बजेता रुप कार्कीको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका ५२ वर्षीय कार्कीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधवार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो ।

Advertisement

डिभी परेर अमेरिका पुगेका रुप कार्कीले व्यावसायिक शक्तितोलन खेलका खेलाडीका रुपमा अमेरिकामा निकै ख्याति आर्जन गरेका थिए ।

कार्कीले दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेल स्वर्ण पदक जित्न सफल भएका थिए । सन् २०१७ मा विश्व पावर लिफ्टिङको मास्टर समूह अन्तर्गत उनले एटलाण्टाको जर्जियामा गोल्ड मेडल जित्न सफल भएका थिए

Advertisement

सन् २०१९ मा आयरल्याण्डमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनसिप मास्टर दुई अन्तर्गत कार्कीले स्वर्णपदक जित्न सफल भएका थिए । भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

कार्की कृतिमरुपमा शारीरिक बल वृद्धि गर्न औषधि प्रयोग नगर्ने ड्रग टेस्टेड समेत खेलाडी थिए । कार्की अमेरिका आएदेखि नै भारोत्तोलनको नियमित प्रशिक्षणमा लागेका थिए ।

अमेरिकामा झण्डै दुई दर्जनभन्दा बढी स्वर्ण पदक प्राप्त गरेका कार्की अन्तर्राष्ट्रिय ख्याति प्राप्त भारत्तोलकका रुपमा समेत परिचित रहेका थिए ।

उनको २ श्रीमती, १ छोरा र दुई छोरी रहेका छन् । आफूले सिकेको जानेको सीप नेपालमै लगाउने उद्देश्य राखेर नेपाल फर्किएका उनी संसारबाट नै बिदा भएका छन् । यससँगै उनका योजना पनि अपूरा भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top