×

NEPAL TIMES UPDATES

Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

९ माघ, वासिङट्न।
अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् ।

महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय दिन म्याक्कोनेलले उक्त आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

रिपब्लीकन पार्टीका सिनेटरसँगको कन्फरेन्स कलमा छलफल गर्दै म्याक्कोनेलले अघिल्लो पटकको महाभियोगकै हाराहारीमा ट्रम्पलाई समय चाहिने बताएका थिए ।

कन्फरेन्स कलमा सहभागी सिनेट सदस्य माइक ब्राउनले ट्रम्प विरुद्धको महाभियोग सुनुवाईका लागि आगामी फेब्रुअरीको १० वा ११ मा गर्न सकिने सुझाव राखेका थिए । म्याक्कोनेलले फेब्रुअरीको मध्यसम्म महाभियोगमाथिको सुनुवाई ढिलाई गर्नेबारेमा डेमोक्रेट पार्टीबाट कुनै जानकारी प्राप्त नभएको बताए ।

उनले भने, “अहिल्यै केही भएको छैन, तर हामी डेमोक्रेटसँग वार्ता अगाडि बढाउन खोजिरहेका छौं ।” यसै महिनाको शुरुमा म्याक्कोनेलले रिपब्लीकन सिनेट सदस्यहरुलाई सिनेटमा महाभियोग सम्बन्धी नियम बमोजिम तल्लो सदनमा महाभियोग सम्बन्धी व्यवस्थापकले सिनेटलाई जानकारी गराएपछि लगत्तै सिनेटमा छलफल हुने प्रचलन रहेको बताए ।

संसदकी सभामुख नान्सी पेलोसीले बिहीबार पत्रकार सम्मेलन गर्दै सिनेटमा सहमति जुट्नासाथ महाभियोगमाथिको सुनुवाई प्रारम्भ हुने र त्यसका लागि तल्लो सदन तयार रहेको जानकारी दिइन् ।

डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदनले गत जनवरी १३ मा ट्रम्प विरुद्ध महाभियोग लगाउने सम्बन्धी एक प्रस्तावलाई २३२–१९७ मतान्तरले पारित गरिसकेको छ । ट्रम्प विरुद्ध अमेरिकी इतिहासमै एकै कार्यकालमा दुई पटक महाभियोग लगाइएको थियो ।

गत जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको प्राँगणमा आफ्ना समर्थकलाई उत्तेजक भाषण दिएलगत्तै ट्रम्पका उग्र समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । उक्त घटनामा एक प्रहरी अधिकृत सहित पाँच जनाको मृत्यु भएको थियो ।

Advertisement

अमेरिकी राजनीतिक इतिहासमा कालो दिनका रुपमा लिइएको उक्त घटनालाई डेमोक्रेट र कतिपय रिपब्लीकन सांसदले ट्रम्पको “सत्ता विद्रोह” का रुपमा लिइएको थियो ।रासस–सिन्ह्वा

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top