तरकारी किन्दा नगदको साटो अब क्यूआर कोडमार्फत् भुक्तानी

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडौँ ।
देशभरका तरकारी तथा फलफुल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न मिल्ने अभियानलाई राष्ट्र बैंकले तिब्रता दिएको छ । काठमाडौंको नक्साल र कालिमाटीमा रहेको तरकारी तथा फलफुल बजारमा क्यूआर कोडको प्रयोग गरि भुक्तानी गर्न सकिने अभियान शुरु गरेको राष्ट्र बैंकले शुक्रबार ललितपुरको नख्खु तरकारी तथा फलफुल बजारमा पनि उक्त प्रणालीको शुभारम्भ गरेको हो ।

Advertisement

राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक र नखु तरकारी तथा फलफुल बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे । क्यूआर कोडको शुभारम्भ गर्दै अधिकारीले एक किलो च्याउसमेत खरिद् गरे । राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाएको छ । अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउन पहिलो चरणमा बैंकले देशभरका तरकारी तथा फलफुल बजारमा क्विक रिस्पोन्स अर्थात क्यूआर कोडमार्पmत हुने भुक्तानी कारोबारलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्दै लगेको हो ।

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु¥याउने पनि राष्ट्र बैंकको विश्वास छ । पछिल्लो समय हरेक महिना तीस प्रतिशत भन्दा बढीले यस्तो कारोबार वृद्धि भइरहेको छ । डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सहयोग गर्ने भन्दै बैंक तथा वित्तिय संस्थाहरुले पनि तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क रुपमा क्यूआर कोड वितरण गर्दै आएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top