आगलागीबाट १ हजार करोडभन्दा बढीको क्षति, कोरोना खोप सुरक्षित : सेरम इन्स्टिच्युट

१० माघ ७७, शनिबार
Share this
774shares

१० माघ, एजेन्सी ।

Advertisement

गत बिहीबार आगलागी भएको भारतको सेरम इन्स्टिच्युटले कोरोना खोप सुरक्षित रहेको जनाएको छ। इन्स्टिच्युटका प्रमुख कार्यकारी (सिइओ) अदार पुनावालाले आगलागीका कारण कम्पनीको १ हजार करोडभन्दा बढीको क्षति भएको बताए।

उनले कोभिड भ्याक्सिनको आपूर्तिमा कुनै असर नपरेको पनि जानकारी दिए। उनका अनुसार बिसिजीको इजेक्सन आपूर्ति भने प्रभावित हुन सक्ने छ।

Advertisement

काेराेना विरुद्धकाे काेभिसिल्ड खाेप उत्पादन गरिरहेकाे उक्त इन्टिच्युटमा बिहीबार भएकाे आगलागीबाट ५ जनाको मृत्यु भएको थियो। कम्पनीले मृतकका परिवारलाई २५ लाख रुपैयाँ सहयोग दिने घोषणा पनि गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top