अनुदानको खोप वितरणमा अलमल

१० माघ, काठमाडौं ।
भारतबाट अनुदानमा प्राप्त खोप सरकारको तयारी पूरा नभएकाले जिल्ला तहसम्म पुर्‍याउन ढिलाइ हुने भएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए पनि कुन जिल्लामा कसले खोप पाउने भन्ने तथ्यांक अझै यकिन भएको छैन । खोप लगाउन आवश्यक पर्ने सामग्रीका लागि बजेटको जोहो बल्ल हुँदै छ ।

खोप दिन खटिने कर्मचारीलाई तालिम पनि अधुरै छ । भारतले बिहीबार उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा राखिएको छ । सरकारले खोप आएको पाँच दिनभित्र जिल्ला तहसम्म पुर्‍याउने योजना बनाएको थियो ।

Advertisement

तर जिल्लागत विवरण यकिन नहुँदा प्रदेशमा खोप ढुवानी गर्न ढिलाइ भएको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । ‘खोप लगाउनेको जिल्लागत यकिन विवरण प्राप्त नहुँदा शुक्रबार ढुवानी हुन सकेन,’ उनले भने, ‘तथ्यांक पूर्ण रूपमा नआए पनि आइतबारसम्म प्रदेशमा खोप पठाइसक्छौं ।’

विभागले खोप भण्डारण शाखालाई तयारी अवस्था बस्न निर्देशन दिएको छ । ‘जिल्लागत पठाइने खोपको सूची तयार हुनेबित्तिकै लोड गरेर लैजान तयार छौं,’ भण्डारणका एक कर्मचारीले भने, ‘तर, कहाँ कति लैजाने भन्ने यकिन भएन ।’

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापन, सफाइमा खटिने कर्मचारीलाई पहिलो चरणमै खोप लगाउने योजना बनाएको छ ।

तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । हरेक स्थानीय तहबाट संकलन भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयले विभागमा पठाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले खोप लगाउन आवश्यक पर्ने सामग्री, खोप लगाएपछि असर देखिए त्यस्ता व्यक्तिलाई दिने औषधि खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । सरकारले फागुनमा खोप आउन सक्ने भन्दै तयारी सुस्त गरेको थियो ।

मन्त्रालयले पुस २० मा स्थानीय तहलाई पत्राचार गरी खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलनको प्रक्रिया अघि बढाएको थियो । औषधि व्यवस्था विभागबाट दर्ता प्रक्रिया, खोप लगाउनेको विवरण तयार र आवश्यक सामग्री भएलगत्तै खोप जिल्लास्तरमा पुगिसक्ने विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अनुमतिको काम यसअघि नै सकिए पनि भ्याक्सिनको ‘लट रिलिज’ बाँकी रहेको जानकारी दिए । ‘बिहीबार अबेर स्याम्पल प्राप्त भएको थियो,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो । राष्ट्रिय औषधि प्रयोगशालाले परीक्षण गरेर लट रिलिज गर्छ ।’

खोप दिने ८ हजारभन्दा बढी जनशक्तिलाई तालिमसमेत दिन बाँकी छ । विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले तालिम सञ्चालन भइरहेको बताए । खोप नयाँ भएकाले कर्मचारीलाई तालिम चाहिएको विभागले जनाएको छ । ‘हामीले सोचेभन्दा छिटो खोप प्राप्त भएकाले अलमल भएको हो,’ विभागका एक कर्मचारीले भने ।

भारतबाट प्राप्त खोप प्रदेशमा लैजाने रुट तय भइसकेको छ । दुइटा ट्रकमध्ये एउटाले वाग्मती, प्रदेश २ र प्रदेश १ का लागि खोप पुर्‍याउनेछ । अर्को ट्रकमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइन्छ । १० लाखमध्ये ४ लाख ५० हजार मात्रा मात्रै प्रदेशमा पठाइने भएको छ ।

साढे ५ लाख मात्रा टेकुस्थित भण्डारणमै राखिने महाशाखा प्रमुख तिंकरीले बताए । ‘पहिलो डोजको भ्याक्सिन मात्रै पठाउँदैछौं,’ उनले भने, ‘प्रदेशले जिल्लामा आवश्यकताअनुसार वितरण गर्छ । अपुग खोप केन्द्रबाट पठाइन्छ ।’यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top