×

NEPAL TIMES UPDATES

Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026
Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026

युरोपमा कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

१० माघ २०७७

१० माघ, एजेन्सी ।
कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ।

यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजर–बायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको छ।

Advertisement
Advertisement

अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो। यो खोपलाई हालसम्म सङ्घको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको छैन।

यो महिनाको अन्त्यसम्ममा खोपलाई स्वीकृत दिन सकिने बुझिएको छ। कयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो।

खोप कार्यक्रम रोकियो

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ। गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो।

बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो। ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ।

ढिलासुस्तीलाई लिएर हङ्गेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टोर अर्बानले ईयूले जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले अक्सफर्डरएस्ट्राजेनिकाको खोप स्वीकृतिमा भइरहेको ढिलाइलाई लिएर ईयूप्रति असन्तुष्टि पोखेका छन्।

ईयूले हालसम्म स्वीकृति नदिए पनि हङ्गेरीले धेरै मात्रामा स्पुत्निक भी खोप किन्नका लागि रूससँग एउटा सम्झौतामा पुगेको छ।

यो उसको ईयूले चालिरहेको साझा रणनीतिभन्दा भिन्न कदम हो। हङ्गेरीले प्रारम्भिक स्वीकृति दिँदै तेस्रो चरणको मानव परीक्षणका लागि प्रयोग गर्ने बाटो खोलिदिएको छ। हङ्गेरीले हालै चीनको सिनोफार्म किन्नका लागि बेइजिङसँग पनि एउटा सम्झौता गरेको छ।

कानुनी कारबाहीको धम्की
इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्की दिएका छन्।

Advertisement
Advertisement

युरोपेली आयोगले पनि स्वीकृति भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ। इटलीका थुप्रै क्षेत्रले दोस्रो खेपको सुनिश्चितता नभएसम्म पहिलो खेप नै नलगाउने बताएका छन्।(बीबीसी)

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top