विप्लव समूहका कार्यकर्ताद्वारा सार्वजनिक बस तोडफोड

१० माघ ७७, शनिबार
Share this
748shares

१० माघ, विराटनगर।
झापाको शिवसताक्षीस्थित किराँत चोकमा नेकपा विप्लव समूहका कार्यकर्ताले सार्वजनिक बस तोडफोड गरेका छन्।

Advertisement

धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको यात्रुवाहक बसमा शनिबार दिउँसो केही युवाले खुकुरी प्रहार गरेको र ढुङ्गा हानेर सिसा फुटाइदिएको प्रहरीले जनाएको छ।

उनीहरुले बस रोकेर तोडफोड गर्दा अगाडिको भाग र झ्यालका सिसा फुटाएका छन्। विप्लप समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा सोही पार्टीका कार्यकर्ताले बस तोडफोड गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

Advertisement

तोडफोड भएको बा. ४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातको बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top