रुसका विपक्षी नेता नाभाल्नीको समर्थनमा प्रदर्शन, तीन हजारभन्दा बढि पक्राउ

११ माघ, एजेन्सी ।
रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ ।

विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस आए लगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् । प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् ।

Advertisement

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए । पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मस्कोमा दंगा प्रहरीले प्रदर्शनकारीलाई कुटेको तथा लतार्दै लगेको देखिएको थियो । गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए । रुसका एक सय भन्दा बढि शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विद्यार्थीदेखि पाको उमेरका व्यक्तिसम्म सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तर रुसको आन्तरिक मामिला मन्त्रालयले भने सो संख्या चार हजार मात्रै रहेको दाबी गरेको छ । अनुगमनकर्ताहरुले भने रुसभर शनिबार भएको प्रदर्शनमा सहभागीको संख्या अधिक रहेको बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top