नेपाललाई जीटुजी मोडलमा रासायनिक मल बिक्री गर्न भारत सहमत

११ माघ, काठमाडौं ।

नेपाललाई गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’ मोडलमा समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ । गत माघ २ गते भारतमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले राखेको मल खरिदमा जीटूजी गर्ने प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

तीन वर्षअघि नै भारतसँग मल खरिदका लागि जीटूजी मोडल प्रस्ताव गरेपनि अहिले बल्ल समझदारी बनेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए ।

Advertisement

जीटूजीमा मल खरिदबारे भारतसँग भएको समझदारी कार्यान्वयन गर्न परराष्ट्रमार्फत कृषि मन्त्रालयलाई पत्राचार भएको पनि सचिव कार्कीले बताए ।

अहिले ग्लोबल टेण्डर मार्फत नेपालले मल खरिद गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारबाट नेपालले हरेक वर्ष करिब ९ अर्ब रुपैयाँ बराबरको ४ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्छ ।

Advertisement

गत आर्थिक वर्षको बजेटमार्फत १५० लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न ठेक्का पाएका नेपाली कम्पनीले मल ल्याउन नसकेपछि तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले जीटूजीमार्फत मल खरिद गर्न भारत लगायतका मुलुकसँग छलफल थालेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top