×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

सुनकोशी–तेस्रो जलविद्युत आयोजना : प्राविधिक अध्ययन ९० प्रतिशत सम्पन्न

१२ माघ २०७७

बनेपा: पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाको प्राविधिकतर्फको अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको प्राविधिकतर्फ सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना आसपासको चट्टानहरुको अवस्थाको बारेमा ड्रिलिङ गर्नेलगायतका प्रारम्भिक इन्जिनियरिङ डिजाइनको काम सम्पन्न भएको छ ।

बिद्युत विकास विभागका हाइड्रोपावर इन्जिनियर सुवास थपलियाले प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम भने बाँकी रहेको बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययनको क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्विकृतिको क्रममा रहेकोले ईआईएको काम रोकिएको बताउनुभयो ।

Advertisement
Advertisement

उहाँले यस महिनाको अन्तिमसम्ममा प्रतिवेदन स्विकृति प्राप्त हुने सम्भावना रहेको बताउनुभयो । ई. थपलियाले कोभिड–१९ का कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकोले ईआईएको काम बाँकी रहेको बताउनुभयो । ‘आयोजनाबाट प्रभावित हुने तथा आयोजना आसपासका क्षेत्रमा गएर घरधुरी सर्वे, प्रभावित परिवारको आर्थिक, सामाजिक अवस्थाको बारेमा घरघरमा गएर सर्वे गर्नुपर्ने काम बाँकी रहेको छ’ विभागका हाइड्रोपावर इन्जिनियर थपलियाले थप्नुभयो ।

उहाँले आयोजनाको अध्ययन गर्ने क्रममा वातावरण ऐन परिवर्तन हुनु र ऐन परिवर्तनसँगै नियमावली निर्माणमा नभएका कारण मन्त्रालयले कार्य अगाडी नबढाउन पत्राचार भएपछि करिब सात महिना काम ठप्प भएको बताउनुभयो । सांघायी इन्भेष्टीगेशन एण्ड डिजाइन रिसर्च इन्ष्टिच्यूट र नेपाली परामर्शदाता इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्सीले संयुक्त रुपमा आयोजनाको अध्ययनको काम गरिरहेका छन् ।

Advertisement

विभागका ई. थपलियाले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि एकमुष्ट रुपमा १९ करोड रुपियाँ बजेट विनियोजन भएको र यी दुई आयोजना अध्ययनका लागि ३३ करोड रुपियाँ बजेट लाग्ने बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्र्तगत काभ्रेको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top