×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

संस्कृत पढ्दै मुस्लिम विद्यार्थी

१३ माघ २०७७

तनहुँ : संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् ।

तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा ब्राह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका ३५ विद्यार्थीले संस्कृत पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले जानकारी दिनुभयो । मुस्लिमका अतिरिक्त बौद्ध तथा इसाई धर्मावलम्बी विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको विद्यालयले जनाएको छ ।

Advertisement
Advertisement

विद्यालयका अनुसार विद्यालयमा २८१ जना विद्यार्थी छन् । यहाँ ९५ प्रतिशत दलित तथा जनजाति विद्यार्थीले अध्ययन गर्ने गरेको प्रधानाध्यापक निरौलाले जानकारी दिनुभयो । “संस्कृत शिक्षा अध्ययन गर्नेले बेरोजगार बन्ने सम्भावना कम हुन्छ । उच्च शिक्षामा जुनसुकै क्षेत्रका प्रवेश गर्न पाइने, कर्मकाण्ड, पुराण वाचन तथा शिक्षण जस्ता क्षेत्रमा पर्याप्त अवसर पाइन्छ”, प्रधानाध्यापक निरौलाले भन्नुभयो ।

संस्कृत शिक्षा समयानुकूल आवश्यक छ भन्ने बुझेर सबै धर्मावलम्बी अध्ययनका लागि आएको जानकारी उहाँले दिनुभयो । यस विद्यालयमा संस्कृतको भाषा, व्याकरण, कर्मकाण्ड र आयुर्वेद विषयमा पढाइ हुन्छ । संस्कृत शिक्षाको महŒव समाजले बुझ्दै आएकाले हिन्दुका अतिरिक्त अन्य धर्मावलम्बीको संस्कृत शिक्षाप्रति रुचि जागेकाले अध्ययन गर्नेको सङ्ख्या बढ्दै गइरहेको पूर्वप्रधानाध्यापक माधव खनाल बताउनुहुन्छ ।

Advertisement
Advertisement

बारा जिल्ला स्थायी घर भई हाल दमौलीमा बस्नुहुने कक्षा १० अध्ययन गर्ने मुस्लिम समुदायकी रुक्सान खातुनले संस्कृत शिक्षा जीवनका लागि अपरिहार्य भन्ने ठानेर कक्षा १ देखि नै अध्ययन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा नर्स बन्ने सपना छ तर जीवनका लागि संस्कृत शिक्षा सिक्न पनि जरुरी छ भन्ने ठानेर पढेकी हुँ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top