कोरोनाको नयाँ प्रकारविरुद्ध मोडेर्नाको खोपले काम गर्ने

१२ माघ ७७, मंगलबार

१३ माघ, बीबीसी ।
अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन्।

Advertisement

उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो।

थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको छ। दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ।

Advertisement

कस्तो प्रकार ?

सुरुमा यूके र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ। कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयन् देशमा फैलिसकेका छन्।

Advertisement

भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दा बढ्ता सङ्क्रमित पार्नसक्ने देखिएको छ।

सेप्टेम्बर महिनामा यूकेबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिसतसम्म थप सङ्क्रामक पाइएको विज्ञहरू बताउँछन्। यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन्।

तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छरगर्दैन भन्ने थाहा हुन बाँकी छ।

परीक्षण

केही सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले नयाँ यूके–भेरियन्टबाट जोगाउने देखाएको छ।

मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए।

उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो। शरीरको प्रतिरोधी प्रणालीले तयार पार्ने भाइरसलाई निस्क्रिय पार्ने तत्वका कारण भाइरसहरू मानव कोशिकामा प्रवेश गर्न पाउँदैनन्।

नयाँ प्रकारको सम्पर्कमा आएका रगतका नमूनामा भाइरसलाई निस्क्रिय पार्ने पर्याप्त एन्टीबडी देखा परेको हो। तर त्यो दक्षिण अफ्रिकाबाट देखा परेको प्रकारका हकमा भने यूके-प्रकारजत्तिको बलियो पाइएको थिएन।

मोडेर्नाले भनेको छ, त्यसको अर्थ दक्षिण अफ्रिका(भेरियन्टका हकमा भने भाइरसबाट बचाउने क्षमता छिट्टै हराउन सक्छ। तेस्रो खेप बुस्टर खोप दिनु कत्तिको लाभदायक छ भन्ने यतिखेर मोडेर्नाले जाँचिरहेको छ।

यो भाइरसले किन चिन्ता निम्त्याइरहेको छ ?

यसका मुख्य तीन कारण छन्ः

– भाइरसको यो प्रकारले अन्य प्रकारलाई तीव्र गतिले प्रतिस्थापन गर्दैछ।
– यो नयाँ प्रकारमा देखिएको उत्परिवर्तन कोरोनाभाइरसको महत्त्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने खालको छ।
– त्यस्ता केही उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको हुने गरेको प्रयोगशालामा         गरिएका परीक्षणले देखाएका छन्।

यी सबै कुराले भाइरसको यो प्रकार सजिलै फैलनसक्ने खालको भएको देखाउँछ। तर यो विषयमा निश्चित जवाफहरू भने छैनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top