बालिकालाई ललाइफकाई भारततर्फ लजाँदै गरेका दुई जना पक्राउ

१३ माघ, जनकपुर । सात वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन्।

Scroll to Top