NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
देउवाले राजनीतिक विश्राम लिनेमा शंका  मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

नेपाली जनताले अब भोकै मर्नु पर्दैन ः प्रधानमन्त्री

सोमवार जेष्ठ २१ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

हटौँडा, जेठ २१
प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।”

प्रधानमन्त्री ओलीले भने, “नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।”

Advertisement

ओलीले हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गरे ।

छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उनले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्णरुपमा आर्थिक समृद्धिको उचाइमा पु¥याउनेछ भने ।

जनताले मन पराउने काम गर्नुस्

प्रधानमन्त्री ओलीले जनताले मन पराउने गरी काम गर्न सम्पूर्ण प्रदेश सांसदलाई निर्देशन दिए ।

उनले भने, “जनताले मन पराउने गरी काम गर्नुस्, मन नपराउने काम नगर्नुस्, जनताप्रति उत्तरदायी हुने गरी काम गर्नुस् ।”

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनतासँग टाढाबाट नभई नजिकबाट हेर्न आग्रह गर्दै “नजिकबाट जनताले हेर्दा जनप्रतिनिधि धब्बारहित हुनुपर्छ”, भने ।

नेपालबाट निरक्षरता अन्त्य गर्ने

मुलुकबाट निरक्षरताको अन्त्य गरिन्छ, उनले भने, “अहिले सुन्दा कतिपय कुरा काल्पनिकजस्तो लाग्न सक्छ, अब निरक्षर भनेको पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा मात्र हुनेछन्, नेपालबाट निरक्षरताको अन्त्य गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा पाँचदेखि १२ लाख विद्यार्थी विद्यालय बाहिर भएको अवस्थामा जुम्लाबाट साक्षरता अभियान शुरु गरेपछि हाल करीब ५९ हजारमात्र विद्यालय बाहिर विद्यार्थी रहेको उल्लेख गर्दै अर्को आर्थिक वर्षमा बाँकी छुटेका विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्ने बताए ।

उनले आगामी असार १५ सम्म विद्यालय भर्नाको दोस्रो चरणको अभियान शुरु गरेको हुँदा यो अभियानले पनि धेरै विद्यार्थीलाई समेट्ने विश्वास व्यक्त गरे ।

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिन

प्रधानमन्त्री ओलीले सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिदैं जनताका लागि काम गर्ने प्रणालीको विकास भएको हुँदा अब मुलुकमा सुशासन जरुरी भएको बताए।

उनले भने, “सुशासनका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्छ, भ्रष्टाचार आफू पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ, गरेको थाहा पाएँ भने अनुहार हेर्दिनँ, चाहे आफ्नो पार्टीको होस् वा अर्को पार्टीको होस् ।”

प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मुलुक उत्पादनमुखीभन्दा उपभोगमुखी भयो’

विशेष सम्बोधनमा उनले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताए ।

प्रधानमन्त्री ओलीले भने, “कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।”

कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताउँदै उनले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको धारणा व्यक्त गरे ।

अब अधिकार सम्पन्न सरकारहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले अनावश्यक रुपमा नचाहिने चिजहरुको पनि आयात भइरहेको र भ्रमपूर्ण पेय पद्धार्थ र जङ्क फुटमा अल्झिएर स्वास्थ्य तथा उपभोक्तामुखी भएर ठूलो घाटा भएको बताउँदै अरबका मुलुकले तेल बेचेजस्तै हाम्रो देशले तरकारी र फलफूलको राम्रो निर्यात गर्नुपर्ने आवश्यकता आँैल्याए ।

हेटाैँडामा कपडा कारखाना चलाउने

हेटाँैडामा बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको छ, उनले भने, “कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।”

प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औधोगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको छ भने ।

उनले धार्मिक, प्राकृतिक, ऐतिहासिक, हिमाल, अनौठा जीवजन्तु नेपालमा रहेको उल्लेख गर्दै यी प्रचुर सम्भावनाहरुको सदुपयोग गर्न सक्यौ भने मुलुकको समृद्धि सुनिश्चित छ भने।
रासस

लोकप्रीय

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२

विचार

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२

थप समाचार

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित
खेलकुद

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.