आईसीसीले स्वतन्त्र भोटिङका आधारमा अब हरेक महिना उत्कृष्ट खेलाडीको अवार्ड दिने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अबदेखि हरेक महिना उत्कृष्ट खेलाडीको अवार्ड दिने भएको छ ।

Advertisement

हरेक महिना अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्ने एक पुरुष र एक महिला खेलाडीलाई आइसीसीले ’प्लेयर अफ दी मन्थ’को अवार्ड दिने भएको छ ।

आइसीसीले स्वतन्त्र भोटिङका आधारमा हरेक महिनाको उत्कृष्ट खेलाडीको घोषणा गर्ने भएको छ । जसमा पूर्व खेलाडी, ब्रोडकास्टर्स, पत्रकारको भोट रहनेछ ।

Advertisement

महिला र पुरुषमा शीर्ष तीन-तीन खेलाडीलाई मनोनयनमा राखिनेछ । उनीहरुको मैदानमा गरिएको प्रदर्शनका आधारमा मनोनयनमा राखिनेछ ।

सर्टलिष्टमा रहेका खेलाडीलाई भोटिङका आधारमा विजेता घोषणा गरिनेछ । भोटिङ एकेडेमीले सबै भोटलाई इमेलबाट पठाउनेछ । यो अवार्ड हरेक महिनाको पहिलो तारिखमा दिइने आइसीसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top