×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

पीएम कपः पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य

१४ माघ २०७७

१४ माघ, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले पुलिस क्लबलाई दुई सय चार रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनायो । एपीएफले १३ रन हुँदा पहिलो विकेट गुमाएको थियो । २६ रनमा दोस्रो विकेट, ४१ रन हुँदा तेस्रो विकेट र ४३ रनमा चौथो विकेट खेर फाल्यो ।

Advertisement
Advertisement

यस्तै एपीएफका ओपनर आशिफ शेख मात्र एक रनमा आउट भए भने सुवास खकुरेलले १९ रन बनाए । त्यसपछि कप्तान शरद भेषवाकर व्यक्तिगत १८ रनमा आउट भए भने सुमित महर्जन पनि मात्र एक रन पेभेलियन फर्किए ।

पाँचौं विकेटका लागि शंकर राना र सन्दिप जोराबीच अर्धशतकीय साझेदारी भएको थियो । तर जोरा व्यक्तिगत ३४ रनमा आउट भएपछि एपीएफले एक सय पाँच रनमा पाँचौं विकेट गुमायो । त्यसको केहिबेरमा शंकर राना पनि ४४ रनमा बाहिरिँदा एपीएफले एक सय २७ रनमा छैटौं विकेट गुमायो ।

Advertisement
Advertisement

त्यसपछि अमर रौटेला व्यक्तिगत चार रनमा आउट भएपछि एपीएफले एक सय ४४ रनमा सातौं विकेट गुमायो । अन्तिममा एपीएफका लागि भुवन कार्कीले ४२ रनको योगदान गरे भने कमलसिंह ऐरीले १९ रन जोडे । यस्तै अभिनाश बोहोराले ११ रन बनाए । बलिङमा आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top