१० कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि एक्स्ट्रीम इनर्जी ड्रिङ्कद्वारा क्रिकेटको जोश र संगीतको ऊर्जा समेटिएको ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक ।
क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा समर्थकको उत्साह र आफ्नो टोलीको जितप्रतिको चाहनालाई सांगीतिक लयमा प्रस्तुत गर्ने उद्देश्यले एन्थम तयार गरिएको कम्पनीको भनाइ ।

युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही) को संगीत सिर्जना तथा संयोजनमा तयार भएको एन्थमको निर्माण एनएफटीपी टिमले गरेको हो।
एनपीएल सिजन ३ मा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ।

पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन सम्झौता गरेको छ।
विशेषगरी युवा पुस्ताको संगीतप्रतिको रुचि र क्रिकेटको बढ्दो आकर्षणलाई ध्यानमा राखेर तयार गरिएको एन्थमले प्रतियोगिताको माहोल थप ऊर्जावान् बनाउने अपेक्षा ।
कम्पनीका अनुसार ‘एक्स्ट्रीम एन्थम’ केवल गीत नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो।
एन्थम एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ।



