मौसम पूर्वानुमानमा देखियो ठूलो परिवर्तन

१० कात्तिक २०८३, मंगलबार
Share this
820shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस) को मौसम पूर्वानुमानमा ठूलो परिवर्तन ।

नयाँ पूर्वानुमानले अर्को चक्रवात विकास हुन सक्ने संकेत देखायो ।

Advertisement

तर, यससँगै चक्रवात ‘अर्नब’बाट नेपालमा पर्ने जोखिम भने घटाइएको मौसमविद् विनोद पोखरेलको भनाइ ।

मौसमविद् पोखरेलका अनुसार अन्य मौसम पूर्वानुमान मोडेलहरूले भने तत्काल अर्को चक्रवात विकास हुने स्पष्ट संकेत दिएका छैनन्।

Advertisement

त्यसैले आगामी दिनमा मौसम प्रणालीले कस्तो रूप लिन्छ र नेपालमा कस्तो प्रभाव पार्छ भन्ने विषय अझै अनिश्चित देखिएको उल्लेख ।

उनका अनुसार यदि अर्को चक्रवात विकास भयो भने त्यसले ‘अर्नब’लाई कमजोर बनाउन सक्छ।

यस्तो अवस्थामा नेपालमा भारी वर्षा हुने सम्भावना घट्नेछ। यद्यपि, सोमबारसम्म हल्का वर्षा हुन सक्ने अनुमान यथावत ।

तर, अर्को चक्रवात विकास नभएमा वा ढिलो गरी विकास भएमा बिहीबारदेखि शनिबारसम्म नेपालमा भारी वर्षाको सम्भावना कायमै रहने पोखरेलको भनाइ ।

मौसम प्रणालीको विकासबारे विभिन्न मोडेलका पूर्वानुमान फरक देखिएकाले यसको प्रभाव यकिन गर्न चुनौतीपूर्ण बनेको उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top